स्वास्थ्य सेवाको बेथिति : ९ करोडभन्दा बढीको औषधि र किट ‘एक्पायर’
सारांश
- औषधि व्यवस्थापनमा देखिएको कमजोरीका कारण राज्यको ९ करोड ७ लाखभन्दा बढीको लगानी खेर गएको छ।
- महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सम्झौता अनुसार म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गर्नुपर्नेमा त्यसो गरिएको छैन।
- विपन्न नागरिक उपचारमा साढे ४ अर्ब रुपैयाँ खर्च भएको छ र यस कार्यक्रमलाई स्वास्थ्य बीमासँग आबद्ध गर्न महालेखाले सुझाव दिएको छ।
काठमाडौँ । औषधि व्यवस्थापनमा देखिएको कमजोरीका कारण राज्यको ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरको लगानी खेर गएको छ ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औँ प्रतिवेदन अनुसार सम्झौता अनुसार म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि त्यसो गरिएको छैन ।
जसअनुसार स्वास्थ्य सेवा विभागअन्तर्गत ४ करोड ७२ लाख २० हजार रुपैयाँ, वीर अस्पतालअन्तर्गत १ करोड ४३ लाख ७५ हजार (६०१ प्रकारका औषधि), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत १ करोड २३ लाख ५६ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत १ करोड १९ लाख १६ हजार र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रअन्तर्गत ४७ लाख ३० हजार रुपैयाँ बराबरको औषधिको म्याद नाघेर(एक्पायर) नष्ट भएको छ।
यस्तै विपन्न नागरिक उपचारमा साढे ४ अर्ब रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सरकारले विपन्न नागरिकका लागि ८ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । २०८० को निर्देशिका अनुसार यस वर्ष ५३ हजार ५ सय ७७ जना बिरामीले यो सेवा लिएका छन् ।
जसअनुसार क्यान्सरतर्फ २८ हजार ६७८ जना, मिर्गौला रोगतर्फ १२ हजार ७३ जना, मुटु रोगतर्फ ८ हजार ४१० जना, सिकलसेल एनिमियातर्फ २ हजार ३१ जना, स्पाइनल इन्जुरीतर्फ १ हजार २५३ जना, हेड इन्जुरीतर्फ ९८० जना र पार्किन्सन र अल्जाइमर्सतर्फ १५२ जनाले आर्थिक सहयोग प्राप्त गरेका छन्।
यस कार्यक्रमअन्तर्गत १३६ स्वास्थ्य संस्थालाई ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रुपैयाँ शोधभर्ना गरिएको छ। महालेखाले यस्तो सहयोगलाई स्वास्थ्य बीमा कार्यक्रमसँग आबद्ध गरी ‘एकद्वार प्रणाली’ बाट उपलब्ध गराउन सुझाव दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण