प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूची)
सारांश
- नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा भएको छ ।
- आईजीपी दानबहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् ।
- विभिन्न जिल्ला र इलाका प्रहरी कार्यालयहरुमा डीएसपीहरुको सरुवा गरिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा भएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ ।
इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे, इलाका प्रहरी कार्यालय बर्दिबासमा गुरु प्रसाद तिम्सिनालाई पठाइएको छ ।
जुम्लामा चिरञ्जीवी दाहाल, सल्यानमा दीपक पातली, प्रहरी वृत्त थानकोटमा दीपककुमार केसी, प्रहरी वृत्त कालिमाटीमा नरेश कुमार सिंह र सोलुखुम्बुमा नविन राज बुढाथोकीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त थिमीमा निशान थापा, रोल्पामा पञ्चकुमार बाखु, सिरहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा पुरुषोत्तम प्रसाद पाण्डे र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा प्रताप पौडेललाई पठाइएको छ । जाजरकोटमा बुद्धिसागर पुरीलाई पठाइएको छ ।
डीएसपी राकेश थापालाई इलाका प्रहरी कार्यालय बनेपा, राजबावु महर्जनलाई ओखलढुङ्गा र राजन कार्कीलाई म्याग्दी पठाइएको छ । रामचन्द्र तिवारीलाई मुस्ताङ, प्रहरी वृत्त सातदोबाटोमा वकिलबहादुर सिंह, बाजुरामा शैलेश्वरी बोहरा, दैलेखमा श्रवणकुमार बिक र रामेछापमा सन्तुलालप्रसाद जैसवारलाई पठाइएको छ ।
झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा सन्तोष पाठक र इलाका प्रहरी कार्यालय दमकमा हरिबहादुर बस्नेतलाई पठाइएको छ ।
सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण