नाइजेरियामा दर्जनौँ बच्चाहरूको अपहरण
नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौँ स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ ।
नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा साे क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समयपछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् ।
सेनाले उक्त सहर छोडेको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतंककारीहरुले प्राथमिक विद्यालय र शिशु स्यारका बच्चाहरूको अपहरण गरेको साे क्षेत्रका बासिन्दाहरूले बताएका छन् ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्षदेखि सशस्त्र सङ्गठनहरूसँग लडिरहेको छ । यी समूहहरूले बारम्बार अपहरण आक्रमण लगायतका आतंकवादी क्रियाकलापको माध्यामबाट स्थानीयवासीहरुलाई दुखः दिने गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण