मदनको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कार व्यवहारमा उतार्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।
- पूर्वराष्ट्रपति भण्डारीले मदन–आश्रितको स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।
- भण्डारीले नेताद्वय मदन भण्डारी र जीवराज आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताइन् ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।
आइतबार नेकपा एमालेले काठमाडौँको बल्खुमा गरेको मदन–आश्रितको ३३ औँ स्मृति सभालाई सम्बोधन गर्दै मदनपत्नी समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।
‘जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक,समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पुरा गर्न बाँकी छ’, पूर्वराष्ट्रपति भण्डारीको भनाई छ । भण्डारीले नेताद्धय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताइन् ।
जनताको विश्वास नै कुनैपनि राजनीतिक शक्तिको सबैभन्दा ठुलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनताबिच दुरी बढे राजनीतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताइन् ।
‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनुपर्दछ’, पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण