बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

आइतबार, ०३ जेठ २०८३, ११ : १६
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।
  • मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ।
  • यससँगै चाँदीको मूल्य प्रतितोला ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ।

काठमाडौँ  । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको पछिल्लो विवरणअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३ हजार ८ सय ५५ रुपैयाँले कम हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप