टेस्लाले बढायो मोडल वाई कारको मूल्य
सारांश
- अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा मोडल वाई कारको मूल्य बढाएको छ ।
- कम्पनीले मोडल वाई प्रिमियर अल-ह्विल ड्राभइको मूल्य १ हजार डलर बढाएर ४९,९९० डलर, मोडल वाई प्रिमियम रियर-ह्विल ड्राइभको मूल्य ४५ हजार ९९० डलर र मोडल वाई पफर्मेन्स संस्करणको मूल्य ५०० डलर बढाएर ५७ हजार ९९० डलर पुर्याएको छ ।
- यसअघि सन् २०२४ मा टेस्लाले सबै मोडल वाईका सबै गाडीहरूको मूल्य १ हजार डलरले बढाएको थियो ।
वासिङ्टन डिसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा मोडल वाई कारको मूल्य बढाएको छ । कम्पनीले दुई वर्षपछि पहिलो पटक यो मोडलको मूल्य बढाएको हो ।
कम्पनीको वेबसाइटअनुसार नयाँ मूल्य शनिबारदेखि लागू गरिएको हो । कम्पनीले मोडल वाई प्रिमियर अल– ह्विल ड्राभइको मूल्यको मूल्य १ हजार डलर बढाएर ४९,९९० डलर पुर्याएको छ । त्यस्तै मोडल वाई प्रिमियम रियर– ह्विल ड्राइभको मूल्य पनि १ हजार डलरले वृद्धि गर्दै ४५ हजार ९९० डलरमा पुर्याइएको छ ।
यसैगरी कम्पनीले मोडल वाई पफर्मेन्स संस्करणको मूल्य ५०० डलर बढाएर ५७ हजार ९९० डलर बनाइएको कम्पनीको वेबसाइटमा उल्लेख छ । गत वर्ष अगस्टमा पनि टेस्लाले कमजोर बिक्री र विभिन्न रिकल समस्याबीच आफ्नो सबैभन्दा महँगो टेस्ला साइबरट्रको मोडलको मूल्य अमेरिकामा १५ हजार डलरले बढाएको थियो ।
हालको मूल्यवृद्धिको कारणबारे कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०२४ मा टेस्लाले सबै मोडल वाईका सबै गाडीहरूको मूल्य १ हजार डलरले बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण