वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कपमा सुरथ लामालाई कांस्य पदक
सारांश
- स्कटल्यान्डमा बस्ने नेपाली मूलका तेक्वान्दो खेलाडी सुरथ लामाले वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कप जी ३-२०२६ मा टिम जीबीआरका तर्फबाट अन्डर-६० पुरुष विधामा कांस्य पदक जितेका छन् ।
- सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका लामा भूकम्पपछि २०१५ मा बेलायत पुगेका थिए र हाल स्कटल्यान्डमा कार्यरत रहँदै खेललाई निरन्तरता दिइरहेका छन् ।
- उनले यसअघि स्कटिस नेशनल च्याम्पियन, स्कटिस ओपन च्याम्पियन, रिजनल च्याम्पियन र लानार्कशायर ओपन च्याम्पियन जस्ता उपाधिहरू पनि जितिसकेका छन् ।
काठमाडौँ । स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका तेक्वान्दो खेलाडी सुरथ लामाले वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कपमा कांस्य पदक जितेका छन् ।
मे ३ मा सम्पन्न ‘वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कप जी ३-२०२६’ अन्तर्गत अन्डर–६० पुरुष विधामा उनले टिम जीबीआर (ग्रेट ब्रिटेन) का तर्फबाट व्यक्तिगत कांस्य पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा पदक जितेपछि लामाले खुसी व्यक्त गर्दै भने, ‘प्रेसिडेन्ट कप जी ३ प्रतियोगिता निकै प्रतिष्ठित उपाधि हो र म अत्यन्त खुसी छु ।’
लामाले सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए । नेपालमा २०१५ को भूकम्पपछि उनी जुलाई २०१५ मा बेलायत पुगेका थिए । हाल उनी स्कटल्यान्डस्थित पर्थ एण्ड किनरोस काउन्सिलमा कार्यरत रहँदै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन् ।
उनी सन् २०२२ र २०२३ मा स्कटिस नेशनल च्याम्पियन बनेका थे भने २०२३ र २०२४ मा स्कटिस ओपन च्याम्पियन बन्न सफल भएका थिए । त्यसैगरी उनले २०२३, २०२४ र २०२५ मा रिजनल च्याम्पियनको उपाधि जितेका थिए भने २०२३ मा लानार्कशायर ओपन च्याम्पियन पनि बनेका थिए ।
लामाले २०२४ र २०२५ मा नटिङ्घममा आयोजित ब्रिटिश नेशनल प्रतियोगितामा पनि तेक्वान्दो पुम्से अन्डर–६० पुरुष विधामा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण