ओरेन्ज र पर्पल क्यापको दौड रोचक बन्दै, कोहली शीर्ष स्थान नजिक
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलहरूले ओरेन्ज र पर्पल क्यापको दौडलाई थप रोचक बनाएको छ।
- विराट कोहली ५४२ रनका साथ ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा उक्लिएका छन्, जहाँ साई सुदर्शन शीर्ष स्थानमा छन्।
- भुवनेश्वर कुमार २४ विकेटसहित पर्पल क्यापको दौडमा दोस्रो स्थानमा छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार भएका खेलहरूमा केही ब्याटरहरूले आ-आफ्नो टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्।
आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पञ्जाब किंग्सलाई पराजित गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गरेको छ। यी खेलहरूसँगै जारी सिजनमा सबैभन्दा बढी रन बनाउने खेलाडीलाई दिइने ‘ओरेन्ज क्याप’ र बढी विकेट लिनेलाई दिइने ‘पर्पल क्याप’ को दौड थप रोचक बनेको छ।
बेंगलुरुले पञ्जाबलाई हराएको खेलमा विराट कोहलीले ३७ बलमा ५८ रन र कुपर कोनोलीले २२ बलमा ३७ रनको योगदान दिए। यो पालीको रनसँगै कोहली यस सिजनमा ५४२ रन बनाउँदै ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा उक्लिएका छन्। उनी गुजरात टाइटन्सका ओपनरद्वय साई सुदर्शन (५५४ रन) र शुभमन गिल (५५२ रन) भन्दा केही रनले मात्र पछि छन्। अर्कातर्फ कोनोली ४७३ रनसहित सूचीको आठौँ स्थानमा पुगेका छन्।
आइतबारकै अर्को खेलमा दिल्लीले राजस्थानलाई हराउँदा वैभव सूर्यवंशीले २१ बलमा ४६ रनको इनिङ खेले भने केएल राहुलले ४२ बलमा ५६ रन बनाए। यो रनसँगै राहुलले सनराइजर्स हैदराबादका हेनरिक क्लासेनलाई पाँचौँ स्थानमा धकेल्दै ५३३ रनका साथ कोहलीभन्दा ठिक पछि अर्थात् चौथो स्थानमा आफ्नो नाम सुरक्षित गरेका छन्। यस्तै सूर्यवंशी ४८६ रन जोड्दै छैटौँ स्थानमा रहेका छन्।
बलिङतर्फ यस सिजनमा भुवनेश्वर कुमार उत्कृष्ट लयमा देखिएका छन्। पञ्जाबविरुद्धको खेलमा पनि उनले आफ्नो धारिलो बलिङ जारी राख्दै ओपनरद्वय प्रियान्स आर्य र प्रभसिमरन सिंहलाई क्रमैसँग पहिलो र तेस्रो ओभरमा पेभेलियन पठाए। खेलमा ३८ रन खर्चेर २ विकेट लिएका भुवनेश्वर यस सिजनमा अलि महँगो सावित भए पनि उनको विकेट सङ्ख्या २४ पुगेको छ।
उनी पर्पल क्यापको दौडमा दोस्रो स्थानमा रहेका गुजरातका कागिसो रबाडा (२१ विकेट) भन्दा ३ विकेट र चेन्नई सुपर किंग्सका अंशुल कम्बोजभन्दा ५ विकेटले अगाडि छन्।
आइतबार साँझको खेलमा जोफ्रा आर्चरले ३५ रन दिएर २ विकेट लिँदै लयमा फर्किएको सङ्केत गरे। यसअघिका तीन खेलमा मात्र २ विकेट लिएका आर्चरले खेलमा राम्रो पुनरागमन गरेका हुन्।
यो दुई विकेटसँगै आर्चर १७ विकेटका साथ पर्पल क्यापको तालिकामा चौथो स्थानमा उक्लिएका छन्। उनी १६ विकेट लिएर बसेका अन्य चार बलरहरू भन्दा एक विकेटले अगाडि रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026