पोखराको नयाँबजारमा बजाज चेतक ईभीको ‘एक्सपेरियन्स जोन’ सुरु
पोखरा । बजाज चेतक ईभीले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। पोखराको नयाँबजारमा अत्याधुनिक सुविधासम्पन्न ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याइएको हो।
यो नयाँ शोरुमले राजधानी बाहिरका ग्राहकहरूलाई प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.को व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।
आधुनिक ईभी प्रयोगकर्ताको जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको यस एक्सपेरियन्स जोनमा प्रविधि र ग्राहक-केन्द्रित सेवाहरूलाई प्राथमिकता दिइएको छ। यहाँ ग्राहकले सवारी प्रदर्शनी (डिस्प्ले), टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका लागि आवश्यक विशेष सेवा सुविधाहरू एकै ठाउँमा प्राप्त गर्न सक्नेछन्।
शोरुममा डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताहरू बुझ्न सकिने व्यवस्था छ। साथै, प्रशिक्षित ईभी विज्ञहरूबाट विद्युतीय सवारी, चार्जिङ समाधान र स्मार्ट फिचरहरूका बारेमा विस्तृत परामर्श समेत लिन सकिने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण