मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग
सोमबार, ०४ जेठ २०८३, १२ : ३८
सारांश
- एमाले सांसद गङ्गादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छन् ।
- उनले मन्त्रीहरूसँग ठूलो मात्रामा सुन कहाँबाट आयो भन्दै बिलबिना सुन किनबेच नहुने भएकाले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ उनले भनिन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ । अरू सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण