जेठ ८ गतदेखि काठमाडौंमा हस्तकला एक्स्पो
सारांश
- नेपाल हस्तकला महासंघले जेठ ८ देखि १० गतेसम्म काठमाडौंको अम्रपाली इभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना गर्ने भएको छ ।
- हस्तकला व्यवसायको विकास, विस्तार र प्रवर्द्धन तथा आन्तरिक र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको हो ।
- एक्स्पोमा करिब ७० वटा स्टल रहनेछन् जसमा हस्तकला प्रदर्शनी, बिक्री, सांस्कृतिक कार्यक्रम र सीप प्रदर्शन समावेश हुनेछ ।
काठमाडौँ । नेपाल हस्तकला महासंघको आयोजनामा जेष्ठ ८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ ।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जेष्ठ ८ गतदेखि १० गतेसम्म काठमाडौंको अम्रपाली एभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने जनाएको हो ।
हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् । एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहने उनले बताइन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापीत हुने, मूर्त अमूर्त कला संस्कृति एवं पराम्परागत परिकारहरुको संरक्षणमा सहयोग पुने विश्वास रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।
मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्रि कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार÷कालीगढहरुको सीप प्रदर्शन लगाएत रहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण