कामु प्रधानन्यायाधीशले दिएको आदेशविरुद्ध प्रतिनिधिसभामा रास्वपा सांसदको आपत्ति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशमाथि आपत्ति जनाएका छन् ।
- सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिने कामु प्रधानन्यायाधीशको कदममाथि प्रश्न उठाएका छन् ।
- सांसद न्यौपानेले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको र सांसद बास्कोटाले न्याय सम्पादनभन्दा अन्य विषयमा चासो देखाएको आरोप लगाएका छन् ।
काठमाडौँ । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेशविरुद्ध सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् । कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्धको निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे सदनमा रास्वपाका सांसदद्वय न्यौपाने र बास्कोटाले आपत्ति जनाएका हुन् ।
सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश मल्लले 'कन्फिलिट अफ इन्ट्रेस्ट'का आधारमा आदेश दिएको जिरह गर्दै आपत्ति जनाएका हुन् ।
अर्की सांसद बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको आरोप लगाइन् । उनले दरपिठ भएका रिट दर्ता गर्नआदेश दिने कत्तिको न्यायोचित हो भन्ने प्रश्न समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण