मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री स्टार्मरले राजीनामाको समयसीमा तय नगर्ने

सोमबार, ०४ जेठ २०८३, १३ : ४८
सोमबार, ०४ जेठ २०८३

सारांश

  • बेलायती उपप्रधानमन्त्री डेभिड ल्यामीले प्रधानमन्त्री किर स्टार्मरले पद छाड्ने कुनै समयसीमा तय नगर्ने बताएका छन् ।
  • स्थानीय निर्वाचनमा लेबर पार्टीको कमजोर प्रदर्शनपछि स्टार्मरमाथि पार्टीभित्रैबाट राजीनामाको दबाब बढेको छ ।
  • दुई सम्भावित प्रतिस्पर्धी नेताहरूले नेतृत्व दाबी गर्न थालेपछि राजनीतिक अस्थिरता बढेको छ ।

लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले प्रधानमन्त्री पद छाड्ने कुनै समयसीमा तय नगर्ने बेलायती उपप्रधानमन्त्री डेभिड ल्यामीले बताएका छन् । 

मे ७ मा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीको कमजोर प्रदर्शनपछि स्टार्मरमाथि आफ्नै दलभित्रबाट पद छाड्न दबाब बढिरहेको छ । मे ७ मा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो क्षति बेहोरेपछि पार्टीका करिब एक चौथाइ सांसदहरूले स्टार्मरको नेतृत्वमाथि प्रश्न उठाएका छन् । 

साथै दुई जना सम्भावित प्रतिस्पर्धी नेताहरूले खुला रूपमा नेतृत्व दाबी गर्न थालेपछि राजनीतिक अस्थिरता बढेको बताइएको छ ।

यसले लगानीकर्तामा समेत चिन्ता बढाएको छ । परिणामस्वरूप बेलायती सरकारको ऋण लागत बढेको जनाइएको छ । ल्यामीले स्काइ न्यूजसँग कुरा गर्दै “प्रधानमन्त्रीको बहिर्गमनका लागि कुनै समयसीमा तय गरिने छैन” बताएका हुन । उनले आइतबार मात्रै प्रधानमन्त्री स्टार्मरसँग दुईपटक कुराकानी भएको जानकारी पनि दिएका छन् ।

गत साता स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका सांसद वेस स्ट्रिटिङङले औपचारिक नेतृत्व प्रतिस्पर्धा भए आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । त्यसैगरी ग्रेटर म्यान्चेष्टरका मेयर एन्डी बर्नह््याम पनि संसदमा प्रवेश गरेर नेतृत्व चुनौती दिने तयारीमा रहेको बताइएको छ । 

स्टार्मरले भने नेतृत्वविरुद्धको कुनै पनि चुनौती सामना गर्ने बताएका छन । लेबर पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा सुरु हुन कम्तीमा ८१ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था रहेको छ, जुन पार्टीका कुल निर्वाचित सांसदहरूको २० प्रतिशत बराबर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप