राष्ट्रियसभामा डुबानको त्रास र बाँदर आतङ्क लगायतका विषयमा ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बाढी पहिरो र डुबानको त्रासदेखि बाँदर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सांसद गीता देवकोटाले वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुुबानको त्रासमा बाँच्न बाध्य नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी हुन सरकारको ध्यानाकर्षण गराइन् । सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाहरूले निर्देशन गरेको प्राध्यापन र परीक्षा प्रणाली सञ्चार गरेर बाँकी समयमा अन्य काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे ।
सांसद मीना सिंह रखालले दैलेखसहित देशमा विभिन्न भागमा बाँदर र बँदेलका कारण किसान मर्माहत भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन रूपमा किसानका समस्या समाधान गर्न माग गरिन् । सांसद रञ्जित कर्णले सरकारले सुशासनका नाममा ट्रेड युनियन खारेज गर्न नहुनेमा जोड दिँदै सरकारले यो विषय तत्काल सच्च्याउन माग गरे ।
सांसद रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने धारणा राखिन् । उनले कानुन विपरित काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताउँदै जनतालाई रोजगारी र विकास दिन सरकारसँग माग गरिन् ।
सांसद रोशनी मेचेले देशको शान्तिसुरक्षा खस्किँदै गएको, धेरै व्यक्तिको हत्या भएको र अनलाइनबाट धेरै ठगी भइरहेको अवस्थामा मुलुकमा शान्तिसुरक्षामा ध्यान दिने गृहमन्त्री नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद सम्झना देवकोटाले जेनजी प्रदर्शनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।
सांसद सोमनाथ पोर्तेलले भारतीय आयल कर्पोरेसन नेपालले पेट्रोलिय पद्धार्थ ल्याउने गरेको र भारतमा भन्दा नेपालमा डिजेल रु ६७, पेट्रोल रु ४८ र एलपी ग्यास रु ५५५ बढी भएर पनि नेपाल आयल निगम घाटामा भएको भन्ने भनाइप्रति सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण