स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, रोहित र इशनको अर्धशतक
सारांश
- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
- स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले इशन पाण्डेको ५५ र कप्तान रोहित पौडेलको ५९ रनको मद्दतले ४ विकेट गुमाएर भेट्टायो ।
- सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा १५० विकेट लिने सबैभन्दा छिटो बलर बनेका छन् ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान रोहित पौडेल ७४ रन बनाउँदै नटआउट रहे । पौडेलको ओडीआई इन्टरनेसनलमा यो १२औँ अर्धशतक हो ।
अघिल्लो खेलमा नटआउट ११० रनको शतकीय इनिङ्स खेलेका ओपनर कुशल भुर्तेल आज भने २८ रनमै रोकिए । त्यस्तै रनआउटको सिकार भएका आशिफ शेखले आज २९ रन जोडे । आज क्याच आउट भएका दीपेन्द्र सिंह ऐरीले २ रन बनाए भने आरिफ शेख ८ रन बनाएर नटआउट रहे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको सानदार इनिङ्स खेले । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।
माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । ओपनर जर्ज मुन्सेले ३१ बलमा २१ रन बनाए भने मार्क वाटले ३४ बलमा २० रन जोडेका थिए । स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे । ललितले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए ।
सन्दीपले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे । उनले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी यो फर्म्याटमा सबैभन्दा चाँडो १५० विकेट लिने बलर बनेका छन् । उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बनाएको रेकर्ड भङ्ग गर्न सफल भए ।
नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १–१ विकेट लिए ।
आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो १०औँ जित हो । यो जितसँगै नेपाल २७ खेलबाट अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालको २२ अंक हुँदा नेपालभन्दा माथि रहेको नेदरल्यान्ड्सको २८ अंक छ । यो तालिकाको शीर्ष स्थानमा स्कटल्यान्ड छ । उसको ३१ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानमा २६ खेलबाट २६ अंक छ । त्यस्तै ओमान २८ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण