नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक
सारांश
- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा देखिएको घटनाक्रमबारे धारणा सार्वजनिक गर्न पदाधिकारीहरूको आकस्मिक बैठक राखेको छ।
- संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको विषयमा छलफल हुनेछ।
- कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशको परिपालना नभएको भन्दै बारले बैठक बोलाएको हो।
काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको विकसित घटनाक्रमको विषयमा धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको साेमबार आकस्मिक बैठक राखेको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै दायर भएर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको र लामो समय होल्डमा राखेको विषयलाई लिएर बारको आकस्मिक बैठक बस्न लागेको बारका महासचिव केदार कोइरालाले जानकारी दिए।
उनका अनुसार कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधि सभामा केही सांसदहरूले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
सोमबार कामु प्रधान न्यायाधीश मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारको पेसी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्।
तर, सर्वोच्च प्रशासनले कामु प्रधान न्यायाधीशले दिएको आदेश नमानेको भन्दै नेपाल बारले आफ्नो धारणा सार्वजनिक गर्न बैठक बोलाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण