आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नग्नता प्रदर्शन गर्ने तीन जना तेस्रो लिङ्गी पक्राउ

सोमबार, ०४ जेठ २०८३, २० : ४६
सोमबार, ०४ जेठ २०८३

काठमाडौँ । बाराको कलैयाबाट प्रहरीले सार्वजनिक स्थलमा नग्नता प्रदर्शन गरेको आरोपमा तीन जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही गाउँपालिका–५ घर भएकी २६ वर्षीया दिव्या रानी, बाराको जितपुर सिमरा घर भएकी २५ वर्षीया निशा भारती र सोही ठाउँमा बस्ने ५७ वर्षीया निशा देवी छन् । 

सोमबार उनीहरुले अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयको मुलगेटमा बसेर दबाब दिएका थिए ।

प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा आरोपीहरूले उल्टै गालीगलौज गरेर बाटोमा नग्नता प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप