प्रस्तावित प्रधान न्यायाधीश सुनुवाइ : कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षीले मागे एक दिनको समय
सारांश
- प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरूले संसदीय सुनुवाइ समितिमा १ दिनको समय मागेका छन् ।
- नेकपा सांसद वर्षमान पुनले प्रक्रिया पूरा गरेर कामलाई ढिलो नगरी अध्ययनका लागि समय निकाल्न माग गरेका छन् ।
- एमाले सांसद पद्मा अर्यालले छलफल नै नगरी हतारमा काम गर्दा अपारदर्शिता देखिने र उजुरीकर्ताको गुनासो सुन्नुपर्ने बताइन् ।
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न विपक्षी दलहरूले १ दिनको समय माग गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा बसेको बैठकमा विपक्षी दलका सांसदहरूले समय मागेका हुन् ।
नेकपा सांसद वर्षमान पुनले प्रक्रिया पूरा गरेर निर्णय गरिनुपर्ने बताए । ‘संवैधानिक परिषद्मा तीन वटै अंग र विपक्षी पनि छ । प्रक्रिया पूरा गरेरै जाऔँ । कामलाई ढिलो पनि नगरौँ । अलिकति अध्ययन गर्न समय निकालौँ’, पुनले समिति बैठकमा भने ।
सर्वोच्च अदालत ६ वर्ष चलाउने प्रस्तावित प्रधान न्यायाधीशका कार्ययोजना अध्ययन गर्न समय पाउनुपर्ने उनको भनाइ थियो । भोलि बिहानबाट सुनुवाइ गरी प्रफेक्ट प्रक्रिया पुगेको देखाएर निर्णय गर्न उनको माग थियो ।
एमाले सांसद पद्मा अर्यालले छलफल नै नगरी हतारमा काम गर्दा अपारदर्शिता देखिने बताइन् । ‘यति हतारो गर्नुपर्ने के चिज पर्यो । उजुरीकर्ताको गुनासा सुन्नुपर्ने हुन्छ । हामीलाई बुझ्ने समय पनि छैन । यस्तो हतारो र अपारदर्शी निर्णयले समितिको गरिमामा पनि प्रश्न उठ्छ,’ सांसद अर्यालले भनिन् ।
अर्यालले भोलि बुधबार पढ्ने, पर्सि छलफल गर्ने प्रस्ताव गरिन । एकै दिनमा अनुमोदन गर्दा कार्यपालिकाको निर्णय शिरोधार्य गरेको जस्तो हुने उनको तर्क छ ।
सांसद प्रेमप्रसाद दङ्गालले प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना अध्ययनका लागि समय मागे । सांसद नरबहादुर बिस्टले समितिको नाम नै अनुमोदन समिति राख्न व्यङ्ग्यात्मक रूपमा सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण