शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाद्वारा ल्होत्से हिमालको सफल आरोहण

मङ्गलबार, ०५ जेठ २०८३, १० : २५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् ।
  • यस आरोहणसँगै उनी ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलो सशस्त्र प्रहरी बन्न सफल भएकी छन् ।
  • सशस्त्र प्रहरी बल, नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ८ हजार ५१६ मिटर अग्लो  ल्होत्से  हिमालको सफल आरोहण गरेकी छन् । विश्वकै चौथो अग्लो हिमाल लोत्सेको आरोहणसँगै उनी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से  र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल भएकी छन् ।

सहायक निरीक्षक शेर्पाले लोत्से हिमालको आरोहण १८ मे दिउँसो ३ बजेर २५ मिनेटमा गरेकी हुन् । यस उपलब्धिले सशस्त्र प्रहरी बल, नेपालको उच्च पहाडी तथा हिमाली उद्धार क्षमतासँगै महिलाहरूको सक्रिय सहभागिता र साहसिक योगदानलाई नयाँ उचाइमा पुर्‍याएको  सह–प्रवक्ता शैलेन्द्र थापा बताउँछन् । 

सशस्त्र प्रहरी बल, नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ । निम डिक्की शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यसअघि उनले १७ मे बिहान ११ बजेर ५५ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरिसकेकी छन् । उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले  १७ मे मा नै सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप