कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति
सारांश
- अभिनेत्री अदिति बुढाथोकीले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागिता जनाएकी छन् ।
- उनले बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागिता जनाएकी हुन् ।
- कान्समा यसपटक नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग'का निर्देशक अविनाश विक्रम शाह, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का लगायतका फिल्मकर्मीहरूको पनि उपस्थिति रहेको छ ।
काठमाडौँ । केही दिनदेखि फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन् । उनले सोमबार फेस्टिभलको रेड कार्पेटमा हिँडेका तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी छन् । शिवांगी प्रधानले तयार पारेको गाउनमा सजिएर उनी रेड कार्पेटमा प्रस्तुत भएकी थिइन् । उनी बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भएकी हुन् ।
कान्सको रेड कार्पेटमा हिँडेका आकर्षक तस्बिरहरू सेयर गर्दै उनले लेखेकी छन्, ‘पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो । सुन्दर अनुभवको लागि बीएमडब्लु इन्डियालाई धन्यवाद ।’
यसपटक फेस्टिभलमा थुप्रै नेपाली फिल्मकर्मीहरूले उपस्थिति जनाएका छन् । यही बिहीबार कान्समा वर्ल्ड प्रिमियर हुन लागेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह सोमबार फेस्टिभलको रेड कार्पेटमा सहभागी भएका थिए ।
काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, ‘एक्लो’ फिल्मका निर्देशक प्रदीप शाही, निर्माता अनुप पौडेल पनि फेस्टिभलमा सहभागी छन् । त्यहाँ चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली फिल्मको प्रवर्द्धन गर्न ‘स्टल’ समेत राखिएको छ । फेस्टिभलमा २४ मेसम्म आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण