बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध न्यौपानेले हालेको उजुरीमा के छ ?

मङ्गलबार, ०५ जेठ २०८३, १५ : ४७
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध दीपक न्यौपानेले संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गर्दै नैतिक, व्यावसायिक र कानुनी प्रश्नहरू उठाएका छन्।
  • न्यौपानेले डा. शर्माको नियुक्तिलाई नातावाद र चाकरीको उपज भन्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको गुण तिर्न 'नेपोबेबी' का रूपमा सर्वोच्चमा भित्र्याएको आरोप लगाएका छन्।
  • उजुरीमा डा. शर्माले उच्च अदालतको अस्थायी न्यायाधीश हुँदा एमालेको पार्टी कार्यालयमा गएको र प्रधानन्यायाधीशमा सिफारिस भएपछि आफूविरुद्धका रिटहरू दर्ता गर्न रोकी अदालत कब्जा गर्ने नियत राखेको जस्ता आरोप पनि लगाइएका छन्।

काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा दीपक न्यौपानेले उजुरी दर्ता गर्दै गम्भीर नैतिक, व्यावसायिक र कानुनी प्रश्नहरू उठाएका छन्। 

न्यौपानेले डा. शर्माको नियुक्तिलाई ‘नातावाद र चाकरी’ को उपज भएको दाबी गर्दै उनलाई प्रधानन्यायाधीश बनाउन नहुने जिकिर गरेका छन्।

उजुरीमा शर्मालाई तत्कालीन प्रधा नन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको गुण तिर्न ‘नेपोबेबी’ का रूपमा सर्वोच्चमा भित्र्याएको आरोप लगाइएको छ । 

साथै उच्च अदालतको अस्थायी न्यायाधीश हुँदा एमालेको तत्कालीन पार्टी कार्यालय बल्खुमा १० जना न्यायाधीशसहित धन्यवाद दिन गएको विषयलाई उजुरीमा ‘राजनीतिक भक्ति’ को प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

न्यौपानेले डा. शर्मामाथि प्रधान न्यायाधीशमा सिफारिस भएलगत्तै सर्वोच्च अदालतको प्रशासनिक संयन्त्र र रजिस्ट्रारहरूलाई दबाब दिएर आफूविरुद्धका रिटहरू दर्ता गर्न रोकेको र ‘अदालत कब्जा’ गर्ने नियत राखेको अर्को आरोप लगाएका छन् । 

उनको उजुरीकाबिच समितिमा शर्माको संसदीय सुनुवाइ सकिएको छ । समितिले अनुमोदनबारे निर्णय गर्न भने बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप