कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने थप दुई जना पक्राउ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलीले काठमाडौँको रत्नपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको रानीबन बस्ने २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका घर भई हाल वनस्थली बस्ने २० वर्षीय अश्विन अधिकारी रहेका छन्। उनीहरूले ह्वाट्सएप र फेसबुक मेसेन्जरका विभिन्न समूहहरू सिर्जना गरी उत्तरसहितको प्रश्नपत्र बाहिर ल्याएर गोपनीयता भङ्ग गरेको प्रहरीले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डको उजुरीका आधारमा ब्यूरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरूको संलग्नता खुलेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दलिप कुमार गिरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण