इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र: प्रतिवेदन
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन् । यो सङ्ख्या अफगानिस्तानको कुल जनसङ्ख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ ।
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो चार महिनामै करिब ६ लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन् । आगामी आठ महिनामा इरानबाट १७ लाख र पाकिस्तानबाट ११ लाख नागरिक फर्किने अनुमान गरिएको छ ।
फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन् । उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक ताजुद्दिन ओयेवालेले फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घ र विभिन्न गैरसरकारी संस्थाहरूले इरान र पाकिस्तानसँगका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि १० करोड डलरभन्दा बढी सहायता आवश्यक रहेको बताएका छन् ।
प्रतिवेदनमा पुनः स्थापनाका लागि करिब ४२ करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ । साथै, मानवीय सहायता रकममा ठुलो गिरावट आएको भन्दै सन् २०२४ मा १ अर्ब ६२ करोड डलर रहेको सहायता सन् २०२५ मा घटेर ९१ करोड डलरमा पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण