बाल अस्पताललाई मीन बहादुर गुरुङको ७१ करोड बढी सहयोग
सारांश
- भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले किओच बाल अस्पताललाई ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
- गुरुङले बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि उक्त रकम दान गरेका हुन्।
- एमआरआई र सिटी स्क्यान मेसिनको अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी छ।
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् ।
जेठ ९ गते नवनिर्मित भवन उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रम हुने भएको छ । अस्पतालका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगे पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अत्यावश्यक मानिएको एमआरआई र सिटी स्क्यान मेसिन अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको छ ।
किओचको निर्माणाधीन अस्पतालका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिन खरिद अभियानमा हालसम्म दुई करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ ।
डा भगवान कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ। यो अस्पतालले विशेषगरी जटिल रोगबाट ग्रसित बालबालिकाहरूका लागि स्वदेशमै उपचारको ढोका खोल्नेछ।
अस्पतालले नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। यस कार्यमा गुरुङको सहयोगले ठुलो मद्दत पुगेको अस्पताल प्रशासन बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण