शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानी टिकटक स्टार सना युसुफको हत्यारालाई मृत्युदण्डको सजाय

बुधबार, ०६ जेठ २०८३, १० : २८
बुधबार, ०६ जेठ २०८३

सारांश

  • इस्लामाबादको एक अदालतले १७ वर्षीया सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको हत्यारा उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
  • अदालतले अभियुक्त उमर हयातलाई २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न र चोरीको आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ ।
  • यो फैसला इस्लामाबाद उच्च अदालतबाट अनुमोदन हुन बाँकी छ ।

इस्लामाबाद । इस्लामाबादको एक अदालतले सामाजिक १७ वर्षीय सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको हत्या मुद्दाका अभियुक्त उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ । 

मंगलबार इस्लामाबादको जिल्ला तथा सत्र अदालतले हत्या मुद्दामा आफ्नो फैसला सुनाउँदासुनाउँदै परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न उमर हयातलाई आदेश दिएको छ । यसका साथै, उमर हयातलाई साना युसुफको घरमा चोरीको अपराध सहित धेरै आरोपहरूमा कुल २१ वर्षको जेल सजाय सुनाइएको छ ।

सनाको हत्या भएको केही घण्टामै हयात पक्राउ परेका थिए । उनी विरुद्ध करिब एक वर्ष लामो कानुनी सङ्घर्ष चलेको थियो । उक्त घटनापछि पाकिस्तानभर न्यायको माग गर्दै नागरिकहरूले व्यापक प्रदर्शन तथा सामाजिक सञ्जाल अभियान सञ्चालन नै गरेका थिए । 

यो फैसला अब इस्लामाबाद उच्च अदालतबाट अनुमोदन हुन बाँकी छ । फैसला सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा धेरै पाकिस्तानीहरूले अन्ततः सनाले न्याय पाएको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप