सट्टेबाजी गरेको आशङ्कामा विराटनगरबाट ४ जना पक्राउ
बुधबार, ०६ जेठ २०८३, १२ : ५३
सारांश
- विराटनगरबाट प्रहरीले इन्डियन प्रिमियर लिग प्रतियोगितामा सट्टेबाजी गरेको आशङ्कामा ४ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरूमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र सञ्जय थापा रहेका छन् ।
- प्रहरीले उनीहरूले सट्टेबाजी खेलेको वा नखेलेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
विराटनगर। विराटनगरबाट प्रहरीले सट्टेबाजी गरेको आशङ्कामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग प्रतियोगितालाई लिएर उनीहरू सट्टेबाजी खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र सञ्जय थापा रहेका छन् । प्रहरीले उनीहरूले सट्टेबाजी खेलेका वा नखेलेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यद्यपि, आधिकारिक विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण