गाडी दुर्घटनामा ८ जना घाइते
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा बुधबार इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उहाँकी श्रीमती २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उहाँकी श्रीमती २७ वर्षीया सङ्गीता रौनियार घाइते भएका छन् । उहाँहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण