मुम्बईलाई पराजित गर्दै कोलकताको प्लेअफ सम्भावना जीवित
सारांश
- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ ।
- मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
- यो जितसँगै १३ खेलबाट १३ अंक जोडेको कोलकाताको प्लेअफ पुग्ने सम्भावना अझै बाँकी छ ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्र्तगत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । यो पराजयसँगै कोलकताको अघिल्लो चरण प्रवेशको सम्भावना अझै जीवितै रहेको छ ।
१३ खेलबाट १३ अंक जोडेको कोलकता अंक तालिकाको चौथो स्थानका लागि अझै संघर्षरत छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कोर्बिन बोशले १८ बलमा अविजित ३२ रन जोडे भने कप्तान हार्दिक पाण्ड्याले २६ र तिलक वर्माले २० रनको योगदान दिए । कोलकताका बलरहरू क्यामरुन ग्रीन, सौरभ दुबे र कार्तिक त्यागीले कसिलो बलिङ गर्दै समान २–२ विकेट लिएका थिए ।
१४८ रनको सामान्य लक्ष्य पछ्याएको कोलकताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कोलकताको जितमा मनिष पाण्डेले ३३ बलमा ४५ रन र रोभम्यान पावेलले ३० बलमा ४० रनको महत्वपूर्ण योगदान दिए । मुम्बईका तर्फबाट कोर्बिन बोशले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो जितसँगै १३ खेलबाट १३ अंक जोडेको कोलकताको प्लेअफ पुग्ने सम्भावना अझै बाँकी छ । हालसम्म शीर्ष तीन टोलीको टुंगो लागे पनि चौथो स्थानका लागि निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यसअघि नै बेगंलुरु, गुजराज र हैदरावदले प्लेअफमा स्थान पक्का गरिसकेका छन् भने अन्तिम स्थानका लागि पञ्जाव, चेन्नई, राजस्थान र कोलकताको सम्भावना अझै कायमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण