झापामा घरायसी विवादमा श्रीमतीको हत्या
बिहीबार, ०७ जेठ २०८३, १० : २६
सारांश
- झापाको हल्दिबारी गाउँपालिकामा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
- ४४ वर्षीय गोकर्ण भण्डारीले टाउकोमा बाम्फोक प्रहार गर्दा ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
- प्रहरीले हत्यामा संलग्न श्रीमान गोकर्णलाई पक्राउ गरी हतियार बरामद गरेको छ।
झापा । झापाको हल्दिबारी गाउँपालिका–५ मा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । गत जेठ ५ गते राति घरायसी वादविवादका क्रममा ४४ वर्षीय गोकर्ण भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका हुन् ।
विवाद बढ्दै जाँदा गोकर्णले उर्मिलाको टाउकोमा बाम्फोक प्रहार गरेको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेकी उर्मिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न गोकर्णलाई तत्कालै नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बाम्फोकसमेत घटनास्थलबाटै बरामद गरेको छ। पक्राउ परेको गोकर्णलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान अघि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण