सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घिमिरेलाई ‘विशिष्ट चलचित्रकर्मी’ परिचयपत्र प्रदान

बिहीबार, ०७ जेठ २०८३, १० : ४९
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • चलचित्र विकास बोर्डले १२२ जना चलचित्रकर्मीलाई विभिन्न श्रेणीमा परिचयपत्र वितरण गरेको छ ।
  • यो परिचयपत्र चलचित्रकर्मीको आधिकारिक पहिचान, अभिलेखीकरण र राज्यसँगको औपचारिक सम्बन्धको प्रमाण हो ।
  • वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई 'विशिष्ट चलचित्रकर्मी (मानार्थ)' परिचयपत्र प्रदान गरिएको छ ।

काठमाडौं । चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीहरूलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ । बोर्ड परिसरमा बुधबार एक कार्यक्रम गर्दै अध्यक्ष दिनेश डीसीले परिचयपत्र दिएका हुन् ।

बोर्डका अनुसार, पहिलो चरणमा कुल १२२ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको छ । जसमा मानार्थ, विशेष, विशिष्ट र चलचित्रकर्मी गरी चार फरक श्रेणीका रहेका छन् ।

परिचयपत्र वितरणलाई बोर्डले केवल ‘कार्ड बाँड्ने’ प्रक्रियाका रूपमा नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, अभिलेखीकरण र राज्यसँगको औपचारिक सम्बन्धको प्रमाणका रूपमा प्रस्तुत गरेको छ । लामो समयदेखि अनौपचारिक रूपमा रहँदै आएको सर्जक–राज्य सम्बन्धलाई व्यवस्थित गर्ने दिशामा यो मूर्त कदम भएको बोर्डले बताएको छ ।

बोर्डले उपलब्ध गराएको नामावलीअनुसार, परिचयपत्र पाउनेहरूमा कलाकार, चलचित्र निर्देशक, निर्माता, छायाकार, सम्पादक, संगीतकार, गायक, लेखक, गीतकार, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, श्रृंगारकर्मी, वितरक र प्रदर्शकलगायत विविध विधाका सर्जक समावेश छन् ।

मानार्थ श्रेणीमा ३ जना अग्रजलाई ‘विशिष्ट चलचित्रकर्मी (मानार्थ)’ का रूपमा परिचयपत्र प्रदान गरिएको छ । जसमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राई रहेका छन् ।

विशिष्ट श्रेणीमा ५० जना सर्जकलाई परिचयपत्र प्रदान गरिएको छ। यसमा विपना थापा, रेणु चौधरी, उमेश खड्का, सबला मल्ल (सङ्गम भण्डारी), सत्य देवी थापा, बद्रीप्रसाद पुडासैनी, सुरेन्द्र बहादुर के.सी., हेमन्त बुढाथोकी, राजु खड्गी, राम भक्त श्रेष्ठ, रोहित कार्की, विष्णुप्रसाद सापकोटा, सञ्जय न्यौपानेलगायत कलाकारहरूका साथै गणेशप्रसाद सुवेदी (लेखन), कुबेर शर्मा (प्रदर्शन), मनोज राठी (वितरण), जयराम थापा (छायांकन), रविन्द्रकुमार खत्री (श्रृंगार), मानबहादुर थापा (सम्पादन) लगायत प्राविधिक पक्षका वरिष्ठ सर्जक पनि समेटिएका छन् ।

चलचित्रकर्मी श्रेणीमा ६८ जना सर्जकले परिचयपत्र प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप