संसदमा रास्वपा सांसद अधिकारीको प्रश्न: उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फी कसरी तिर्छन् ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई १५ दिनभित्र कृषिजन्य उपजको मूल्य भुक्तानीको कानुनी ग्यारेन्टी गर्न सरकारसँग माग गरेकी छन् ।
- उनले किसानले दूध, उखु, धान लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको बताइन् ।
- सांसद आचार्यले किसानको खल्ती रित्तो पारेर देशमा समृद्धि ल्याउन नसकिने र देशलाई खाद्यान्न आत्मनिर्भरताको आवश्यकतामा जोड दिइन् ।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्यौट गर्ने कानुनी ग्यारेन्टी गरियोस्’, उनले भनिन् ।
किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो ।
‘मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ । यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसाहरुको साझा नियति हो’, अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ–वर्षौँ कुर्नुपर्छ । उसले गाई–भैँसीको दाना र छोराछोरीको स्कुलको फी कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान् युवाहरू आफ्नो उर्वर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापि ल्याउन सकिँदैन । मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएको उनले जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण