खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग
सारांश
- राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ।
- महासङ्घले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ।
- खानेपानीमा कर तथा भ्याट छुट, विद्युत् महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउनुपर्ने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्नुपर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने मागहरूसहित सङ्कल्प प्रस्ताव पारित गराएको थियो।
काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ।
बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ।
महासङ्घका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको सङ्कल्प प्रस्तावलाई वर्तमान सरकारसँग तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । आफूहरूले विगत लामो समयदेखि सहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै भने,“खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्नेलगायतका विषयमा सरकार गम्भीर बन्नुपर्छ।”
खानेपानीमा कर तथा भ्याट छुट, विद्युत् महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउनुपर्ने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्नुपर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने मागसहित राष्ट्रियसभाबाट २०८२ असार १२ गते सङ्कल्प प्रस्ताव पारित गराएको ओलीले बताए।
आफूहरूले उठाएका मागहरूप्रति सरकार सकारात्मक हुँदै कार्यान्वयनको दिशातिर नगए सङ्घर्ष गर्ने चेतावनी दिए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्यायले महासङ्घको भोलि (जेठ ८) बबरमहलस्थित कार्की व्याङ्केटमा ७औँ साधारण सभाको आयोजना गर्न लागेको र सो साधारणसभाबाट सहरी खानेपानी तथा सरसफाइको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण