प्रधानमन्त्रीलाई संसद्काे अवरोधबारे जानकारी गराएर फर्किए सभामुख
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको प्रश्नोत्तर हुनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए।
- सभामुख अर्यालले बैठक स्थगित गरी प्रधानमन्त्री शाहलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेका हुन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।
सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । ‘सभामुखज्यू प्रधानमन्त्रीज्यूलाई भेटेर संसद् भवनमा फर्किसक्नुभयो,’ कुँवरले रातोपाटीसँग भनिन्, ‘हामी अहिले संसद् भवनमा छौँ ।’
भेटको विषय के हो भन्ने प्रश्नमा कुँवरले सदनको अवरोधबारे जानकारी भएको बताइन् । विपक्षी दलहरूले बिहीबारको सदन प्रधानमन्त्री शाह सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने माग गर्दै अवरुद्ध पारेका थिए ।
सबै विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीको प्रश्नोत्तर हुनुपर्ने माग राखेर उठेपछि सभामुख अर्यालले प्रतिनिधि सभा १५ मिनेट स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् । उनीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । आज सदन नै अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण