बाजुरा र हुम्लाको सीमा विवाद हल गर्न कर्णालीका मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई पत्र
बिहीबार, ०७ जेठ २०८३, २१ : ३४
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला र बाजुराको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
- सीमा विवादका कारण नागरिकबिच द्वन्द्व बढेको र जनजीवन प्रभावित भएको पत्रमा उल्लेख छ।
- मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन्।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री शाहलाई बिहीबार एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यसका नागरिकबिच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्।
कँडेलले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउनुपर्नेमा समेत जोड दिएका छन्।
उनले विवाद समाधानको सङ्घीय सरकारले आवश्यक पहल गर्नुपर्ने उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण