बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
एकताको तयारी

उपेन्द्र यादव र सिके राउतको पार्टीबिच एकताको तयारी

बिहीबार, ०७ जेठ २०८३, २३ : ४२
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच पार्टी एकताको गृहकार्य सुरु भएको छ ।
  • मधेस प्रदेश सरकारबाट बाहिरिएपछि दुवै दलका शीर्ष नेताहरू एकताका लागि सघन छलफलमा जुटेका हुन् ।
  • दुई नेताबिच पार्टी एकीकरणका विभिन्न सैद्धान्तिक र सांगठनिक मुद्दामा कुराकानी भएको छ ।

काठमाडौँ । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा आएको फेरबदलसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच पार्टी एकताको गृहकर्य सुरु भएको छ ।

मधेस प्रदेश सरकारबाट बाहिरिएपछि दुवै दलका शीर्ष नेताहरू एकताका लागि सघन छलफलमा जुटेका हुन् । केही दिनदेखि अनौपचारिक संवादमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबिच बिहीबार दिनभर सकारात्मक छलफल भएको स्रोतले जनाएको छ ।

जसपा नेपालका एक नेताका अनुसार दुई नेताबिच पार्टी एकीकरणका विभिन्न सैद्धान्तिक र सांगठनिक मुद्दामा कुराकानी भएको छ । 

राजनीतिक रूपमा उपेन्द्र यादव र सिके राउत अहिलेसम्म एक–अर्काका कट्टर प्रतिद्वन्द्वीका रूपमा चिनिँदै आएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट डा. राउतले यादवलाई भारी मतान्तरले पराजित गरेका थिए । त्यस्तै, बाराको उपनिर्वाचनमा पनि यादवलाई रोक्न जनमत पार्टीले ठुलो शक्ति परिचालन गरेको थियो । मधेसको राजनीतिमा शक्ति संघर्षको केन्द्रमा रहेका यी दुई नेताको सम्भावित एकतालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

यसअघि पनि मधेस केन्द्रित दलहरूबिच एकता गर्ने भन्दै संघीय लोकतान्त्रिक मोर्चा ले निर्णय गरेको थियो । तर, नेतृत्वको बाँडफाँट र पदको मोहका कारण उक्त प्रयास निष्कर्षमा पुग्न सकेको थिएन । अहिले बदलिएको परिस्थितिमा कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा दुवै अध्यक्षबिच छलफल केन्द्रित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप