मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग

शुक्रबार, ०८ जेठ २०८३, ११ : ४२
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • कामना सेवा विकास बैंक लिमिटेडले 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' मा रहेका अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
  • बैंकको गोंगबु शाखा कार्यालयमार्फत एलकेजीदेखि १० कक्षासम्म अध्ययनरत २८ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
  • संस्थाकी संस्थापक बिनिता अर्यालले बैंकको सहयोगले बालबालिकाहरूको शैक्षिक पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

बैंकले आफ्नो गोंगबु शाखा कार्यालयमार्फत संस्थामा आश्रित बालबालिकाहरूलाई सहयोग गरेको हो ।

बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एलकेजीदेखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामग्री संस्थाकी संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

 बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि उनले बताइन् । शैक्षिक सामग्री पाएपछि बालबालिकाहरूले खुसी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप