शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथामा फहराइयो खालिङहरूको झण्डा

शुक्रबार, ०८ जेठ २०८३, १४ : २५
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले सगरमाथाको शिखरमा किरात खालिङ राई उत्थान सङ्घको झण्डा फहराएका छन् ।
  • राईले मे २१ गते बिहान ३ बजे सगरमाथाको सफल आरोहण गरेका थिए ।
  • आरोही राईले आफ्नो समुदायलाई सगरमाथाको शिखरबाट चिनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

काठमाडौँ । खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले सगरमाथाको शिखरमा पुर्‍याए खालिङ राईहरूको छाता संगठन किरात खालिङ राई उत्थान सङ्घको झण्डा फहराएका छन् । 

राईले यही मे २१ को बिहान ३ बजे सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सोही आरोहणका क्रममा सङ्घको झण्डा फहराएका हुन् । राईको यो सगरमाथा आरोहण दोस्रो पटक हो । 

आफू पनि खालिङ राईका भएकाले सगरमाथाको शिखरमा खालिङ राईहरूको संस्थाको झण्डा पुर्‍याएका आरोही राईले बताए । ‘म खालिङ राई परिवारमै जन्मिएँ । त्यसैले आफ्नो संस्थाको झण्डा चोमोलुङमाको शिखरमा पुर्‍याएर फहराउनु पाउँदा मलाई एकदमै खुसी लागेको छ’, सफल आरोहणपश्चात राईले भने ‘हाम्रो समुदायलाई थोरै भए पनि चोमोलुङमाको शिखरबाट चिनाउन पाएँ ।’ 

राई किरात खालिङ राई उत्थान सङ्घको विद्यार्थी विभागका सह–सचिव समेत रहेका छन् । सन् २०२३ देखि हिमाल आरोहण सुरु गरेका राईले सानै उमेरमा सगरमाथासहित मेरा पिक, हिमलुङ, आमाडब्ल्म, आइसल्याण्ड लगायतको सफल आरोहण गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप