एमाले बैठक चार घण्टादेखि गुण्डुमा जारी
शुक्रबार, ०८ जेठ २०८३, १५ : ५६
काठमाडाैँ। नेताहरूको कार्य विभाजन गर्न बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठक झण्डै चार घण्टायता जारी छ।
अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा मध्याह्न १२ बजे सुरु भएको बैठक जारी रहेको एमाले नेतृ निरु पालले जानकारी दिइन्।
उनका अनुसार बैठकमा पेस भएका प्रस्तावमाथि छलफल गरेर निर्णयमा पुग्ने तयारी छ । सोमबारको बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव वितरण गरिएको थियो।
त्यही प्रस्तावमा छलफल गरेर निर्णय सुनाउने एमालेको तयारी छ । तर प्रस्तावित कार्य विभाजनबारे कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन्।
‘११ बटा एजेण्डामा केन्द्रित भएर छलफल भइरहेको छ । सकेसम्म बैठक नलम्ब्याउने भन्ने बुझिएको छ’, उनले भनिन् ‘भित्र के छलफल भइरहेको छ भन्ने कुरा मलाई थाहा हुने कुरा भएन।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण