ललितपुरबाट बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिक पक्राउ
सारांश
- ललितपुरबाट एक जना बालिकालाई बेचबिखन गर्ने उद्देश्यले फकाई-फुलाई भारत लैजान खोज्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
- आरोपीहरूले बालिकाको कपडा फेराएर भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।
- पक्राउ परेका दुवै भारतीय नागरिक विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको छ।
ललितपुर । ललितपुरबाट एक जना बालिकालाई बेचबिखन गर्ने उद्देश्यले फकाई-फुलाई भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १४ खुमलटार बस्ने ती बालिकालाई आरोपीहरूले उनको घरैबाट फकाई(फुलाई लिएर गएका थिए।
उनीहरूले शङ्का नहोस् भन्नका लागि बालिकाको कपडा समेत फेराउन लगाएर भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो। बालिकालाई बेच्ने नियतले लैजान लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई टिकट काटिरहेकै ठाउँबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारतको राजस्थान प्रदेश, मागेवास ग्राम पञ्चायत, जयपुर जिल्ला, बरुणपथ थाना घर भई बस्ने २४ वर्षीय छोटुलाल जांगिड र सोही प्रदेशको सभम विहार, मानेवार ग्राम पञ्चायत, जयपुर जिल्ला घर भई बस्ने २१ वर्षीय देन्वेन्द्र कुमार हरिजन रहेका छन्।
प्रहरीले ती दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएर पिडित बालिकाको सफल उद्धार गरेको छ। पक्राउ परेका दुवै जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको छ।
यस घटनामा संलग्न व्यक्तिहरू र यसको थप सञ्जालबारे प्रहरीले विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण