पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने
सारांश
- पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको छ ।
- सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान सुरु गरेको छ ।
- ट्रेड युनियन महासङ्घले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन् । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उनले बताए ।
प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान सुरु गरेको जानकारी दिए । उनकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ । सोही अवसरमा ट्रेड युनियन महासङ्घले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
वि.सं. २०६७/६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिब १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।
उनले भने, ‘विगतमा पोखरी, चौर र पाटनका नामले चिनिने पोखराका धेरै ऐतिहासिक स्थलहरू अहिले अस्तित्व सङ्कटमा छन् । त्यस्ता ठाउँहरू के–कस्तो अवस्थामा छन् भन्ने खोजी गरी तिनको मौलिकता जोगाउने अभियानमा हामी लागेका छौँ ।’
भवन हस्तान्तरणका क्रममा उठेका श्रमिकका सवालहरूलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दाहरू व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले विगतमा विभिन्न सङ्घ–संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि वर्तमान अवस्थामा ती संरचनाहरूलाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पारे । महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति लिएको उनको भनाइ छ । –
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण