अपडेट
सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, १० जेठ २०८३, १० : ३६
सारांश
- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।
काठमाडौँ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आजको बजार मूल्य संक्षेपमा:
सुन (प्रतितोला): २,९०,९०० (२,८०० ले घटेको)
सुन (प्रति १० ग्राम): २,४९,४००
चाँदी (प्रतितोला): ५,०१० (१०५ ले घटेको)
चाँदी (प्रति १० ग्राम): ४,२९५
सुन (प्रति १० ग्राम): २,४९,४००
चाँदी (प्रतितोला): ५,०१० (१०५ ले घटेको)
चाँदी (प्रति १० ग्राम): ४,२९५
यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण