ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डका संदिग्धको पहिचान खुल्यो
सारांश
- ह्वाइट हाउस बाहिर गोली चलाउने २१ वर्षीय नासिर बेस्ट भएको पहिचान खुलेको छ ।
- गत जुलाईमा ह्वाइट हाउसमा प्रवेश गर्न खोज्दा पनि बेस्ट पक्राउ परेका थिए र मानसिक स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए ।
- शनिबार साँझ उनले हतियार निकालेर गोली चलाएपछि जवाफी कारबाहीमा मारिएका हुन् ।
वाशिङटन डीसी । वाशिंगटनमा ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा मारिएका संदिग्धको पहिचान भएको छ ।
उक्त व्यक्ति २१ वर्षीय नासिर बेस्ट भएको थाहा भएको छ । एक अनुसन्धान अधिकारीले बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएसलाई यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
स्रोतले बताएअनुसार संदिग्धलाई यस अघि २०२५ को जुलाईमा ह्वाइट हाउसमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी गोप्य सेवाले पनि पक्राउ गरेको थियो । मानसिक स्वास्थ्य समस्याका कारण उनलाई पछि मनोचिकित्सा वार्डमा पठाइएको थियो ।
गोप्य सेवाको कथन अनुसार, उक्त व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै शनिबार साँझ ६ बजे गोली चलाएको थियो ।
त्यसपछि गोप्य सेवाका अधिकारीहरूले जवाफी फायरिङ गरे । यस क्रममा संदिग्धलाई गोली लागेको थियो। उनलाई अस्पताल लगिएको थियो । डाक्टरहरूले उनलाई मृत घोषित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण