‘झिम झिम’ गीतमा बियोन्डसँग निशाको रोमान्स
सारांश
- गायक तथा सर्जक बियोन्डको नयाँ रोमान्टिक गीत ‘झिम झिम’ सार्वजनिक भएको छ ।
- गीतमा बियोन्डकै शब्द, ब्रिजेश श्रेष्ठको संगीत र बियोन्ड स्वयं तथा मोडल निशा श्रेष्ठको अभिनय रहेको छ ।
- पी माधवले निर्देशन गरेको भिडियोमा प्रेम र युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
काठमाडौँ । गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा शब्द गायक बियोन्डकै रहेको छ, भने संगीत ब्रिजेश श्रेष्ठले दिएका छन् । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको सम्मिश्रण रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
गीतको भिडियो पी माधवले निर्देशन गरेका छन् । दीपिका तामाङको कोरियोग्राफी रहेको भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोका डिओपी विवेक मगर हुन् भने सम्पादन सोवित मगरले गरेका छन् ।
कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताए । त्यसैको निरन्तरताका लागि यो नयाँ गीत ल्याएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण