चीनमा भएको खानी दुर्घटनामा नेपाल सरकारद्वारा दुःख व्यक्त
सारांश
- चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
- विज्ञप्तिमा नेपाल सरकार र नेपाली जनता मित्रराष्ट्र चीनको साथमा रहेको उल्लेख छ ।
काठमाडौँ । चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
उक्त दुर्घटनामा परी ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज गहिरो दुख व्यक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालयद्वारा एक्समा जारी गरिएको प्रेसनोट अनुसार, सरकारले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनापछि अझै पनि बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चीनको शान्सीमा भएको दुखद खानी दुर्घटनाबाट गहिरो दुःख लागेको छ, जसको परिणामस्वरूप धेरैको ज्यान गएको छ । शोकसन्तप्त परिवारप्रति हाम्रो हार्दिक समवेदना छ, र बेपत्ताहरूको सुरक्षित उद्धारको लागि प्रार्थना गर्दछौं । यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनता मित्रराष्ट्र चीनको साथमा छौँ ।’
विस्फोट शुक्रबार स्थानीय समयअनुसार १९ः२९ बजे भएको थियो । घटनाको समयमा खानीमा २४७ जना कामदार कार्यरत थिए । दुर्घटना भएकै दिन कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण