सरकार वाचापत्र अनुसार अघि बढिरहेको छ : मन्त्री पोखरेल
सारांश
- शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले वाचापत्र अनुसार काम अघि बढाइरहेको बताएका छन् ।
- उनले देशभरका सामुदायिक विद्यालयमा स्रोत साधन वितरणलाई वैज्ञानिक र व्यवस्थित बनाउन २७ हजार विद्यालयको अध्ययन सुरु गरिने जानकारी दिए ।
- विश्वविद्यालयमा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रीले बताए ।
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्र अनुसार अघि बढिरहेको बताएका छन् । आइतबार काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्रीले सरकारको वाचा पत्रअनुसार काम अघि बढिरहेको बताएका हुन् ।
कार्यक्रममा मन्त्रीले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गरे । मन्त्रीले पोखरेलले देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोत साधन वितरण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका २७ हजार विद्यालयको अध्ययन सुरु गर्ने जानकारी दिए ।
विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत सम्पूर्ण विवरण सङ्कलन गरी मास्टर प्लान तयार पारिने उनको भनाइ छ । उनले विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिए । आठ वटा विश्वविद्यालयमा खुला आवेदन माग्दा २ सय १८ जनाको आवेदन परेको भन्दै यसले सरकारको निष्पक्षताप्रति विश्वास बढेको दाबी गरे ।
कार्यक्रममा मन्त्रीले निजी विद्यालयको शुल्क, दरबन्दी मिलान, सुकुमबासी बस्तीका विद्यार्थीको शिक्षा, स्थानीय पाठ्यक्रम, सार्वजनिक यातायात, विदेशी विश्वविद्यालयका कलेज नियमनलगायत विषयमा उठेका गुनासाहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नीतिगत समस्या नै रहेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।
विद्यालयहरूमा नीतिगत सुधारका लागि विज्ञहरूसँग छलफल गरी विधेयक ल्याउनुपर्नेमा उनले जोड दिए । विशेषतः शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई हटाउन र शिक्षा क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउन आफूले समितिमा छलफल गर्ने सभापति शेरचनले बताए ।
कार्यक्रममा स्थानीयवासी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा, खेलकुद र स्थानीय विकाससँग सम्बन्धित प्रश्न तथा सुझाव राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण