अमेरिकी नाकाबन्दीका कारण सयभन्दा बढी जहाजको मार्ग परिवर्तन
सारांश
- अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजबाट सयभन्दा बढी व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ ।
- यो कदम इरानी बन्दरगाहहरूमाथि लगाइएको अमेरिकी नाकाबन्दीको हिस्सा भएको विज्ञप्तिमा भनिएको छ ।
- इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौमिक दाबी औपचारिक बनाउन नयाँ नियामक निकाय 'पर्शियन गल्फ स्ट्रेट अथोरिटी' (पीजीएसए) स्थापना गरेको छ ।
वासिङ्टन डीसी । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजबाट सयभन्दा बढी व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ । अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको हो ।
यो कदम इरानी बन्दरगाहहरूमाथि लगाइएको अमेरिकी नाकाबन्दीको हिस्सा भएको विज्ञप्तिमा भनिएको छ । अमेरिकाको यो नाकाबन्दी इरानविरुद्ध जारी दबाब अभियानअन्तर्गत गरिएको हो । अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर ब्राड कुपरलेले नाकाबन्दीले इरानलाई आर्थिक रूपमा चौपट पारेको दाबी गरेका छन् ।
स्ट्रेटमा के गरिरहेछ इरान ?
यसबिच इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौमिक दाबी औपचारिक बनाउन नयाँ नियामक निकाय स्थापना गरेको छ । ‘पर्शियन गल्फ स्ट्रेट अथोरिटी ’(पीजीएसए) नामक उक्त निकायले स्ट्रेटको निगरानी इरानी सैन्य नियन्त्रणअन्तर्गत रहने दाबी गरेको छ ।
पीजीएसएले सार्वजनिक गरेको नक्सामा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानका केही समुद्री क्षेत्रसमेत इरानको सैन्य निगरानी क्षेत्रमा समावेश गरिएको देखाइएको छ ।
इरानले अब उक्त रणनीतिक स्ट्रेट प्रयोग गर्ने जहाजहरूले पीजीएसएबाट समन्वय र अनुमति लिनुपर्ने जनाएको छ । साथै स्ट्रेटबाट सुरक्षित रूपमा पार गराउन जहाजहरूबाट शुल्क उठाउने प्रयास पनि गरिएको बताइएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले भने इरानद्वारा लगाइने शुल्क तिर्ने कम्पनी वा व्यक्तिहरू अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण