केन्टन कूलले रचे इतिहास : २०औँ पटक सगरमाथा आरोहण गर्ने विदेशी आरोही
काठमाडाैँ । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको कीर्तिमान रचेपछि काठमाडौँ आएका छन्।
दक्षिण–पश्चिम इङ्गल्यान्ड ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।
उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जेनले पनि २४औँ पटक सगरमाथा आरोहण गरेका छन्। यससँगै दोर्जी ग्याल्जेनले पनि नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि थपेका छन्।
कूलले सन् २००४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी हिमाल आरोहण क्षेत्रमा सबैभन्दा सफल विदेशी पर्वतारोहीमध्ये एक मानिन्छन्।
यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से,सगरमाथा र माउन्ट लोप्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए।
त्यस्तै, सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेका थिए।
_FSRIsJq4QZ.jpg)
_YKhZyc47LW.jpg)
_syyCjGuNg4.jpg)
_17O7CPsSEX.jpg)
_1WnjryX5Ep.jpg)
_jaeDmXnDDp.jpg)
_fJbC79BdlT.jpg)
_FzJ7AzPPDW.jpg)
_F3K8UufrZB.jpg)
_f0mMEgnTa3.jpg)
_o5z2rhn82J.jpg)
_Vf4kElyvOq.jpg)
_RADnRzlNpV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण