एमाले केन्द्रीय सदस्य उमाशङ्कर अरगरियाले दिए राजीनामा
आइतबार, १० जेठ २०८३, २० : ०३
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य उमाशङ्कर अरगरियाले राजीनामा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता अरगरियाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् ।
संगठन शुद्धीकरण नभएको भन्दै उनले राजीनामा दिएका हुन्।
पार्टी भित्र पटक–पटक पार्टीको अधिकारिक उम्मेदवारलाई हराउनेहरू दण्डित हुनुपर्नेमा पुरस्कृत गर्ने परम्परा देखिएपछि राजीनामा दिएको उनले बताए।
पटक–पटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमानदार कार्यकर्ताहरू अपहेलित हुने र पार्टी विरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आफू आजित भएको अरगरियाले बताए।
यी सबै कुराहरू पटक–पटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नभएपछि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अरगरियाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण