‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री
सारांश
- कान्स चलचित्र महोत्सवमा जुरी प्राइज जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा सम्मान गरिएको छ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले विमानस्थलमा पुगेर चलचित्रका निर्देशक, निर्माता र कलाकारलाई खादा तथा माला लगाएर सम्मान गरे।
- यस चलचित्रको कान्स महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु र जुरी प्राइज जित्नु नेपाली सिनेमाका लागि विश्व मञ्चमा नयाँ इतिहास हो।
काठमाडौँ । फ्रान्सको प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा इतिहास रचेर स्वदेश फर्किएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई सम्मान गरिएको छ।
कान्स महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्दै जुरी प्राइज जितेर नेपाल फर्किएको उक्त टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर सरकारका मन्त्रीहरुले स्वागत तथा सम्मान गरेका हुन्।
टोलीलाई स्वागत गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) बिहानै एयरपोर्ट पुगेका थिए। विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा चलचित्रका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई खादा तथा माला लगाएर सम्मान गरियो। देशको नाम विश्वसामु चिनाउन सफल भएको भन्दै मन्त्रीले चलचित्र टोलीको प्रशंसा गरे।
विश्वकै प्रतिष्ठित मानिने कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु नै नेपाली चलचित्रका लागि ठुलो उपलब्धि थियो। त्यसमाथि उत्कृष्ट प्रतिस्पर्धाबिच यस चलचित्रले जुरी प्राइज जित्न सफल भएपछि नेपाली सिनेमाले विश्व मञ्चमा नयाँ इतिहास रचेको छ।
_lg7JKIC637.jpg)
_9Gxv5snk7t.jpg)
_ypg2EdiU6G.jpg)
_cwWQZ26ShQ.jpg)
_i1Q0tEkX4s.jpg)
_7CRBAQQi3F.jpg)
_S17RsNYnfo.jpg)
_GBLCfiQStK.jpg)
_I3geSTgJFT.jpg)
_VrwwETOOIh.jpg)
_xjijXtFTsU.jpg)
_uq2Bpklo69.jpg)
_z5OUGYZK2P.jpg)
_GFDqQ3ZYwT.jpg)
_LAp305olLV.jpg)
_f3ryRvT77o.jpg)
_bsdzpFjmRv.jpg)
_9lK7vLmfOU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण