बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो

सोमबार, ११ जेठ २०८३, १० : ४५
सोमबार, ११ जेठ २०८३

सारांश

  • नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
  • छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
  • चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ । 

हिजो आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप